
६ फागुन, काठमाडौं । सञ्चारकर्मी रामजी ज्ञवालीले आफ्नो लेखन तथा निर्देशन रहेको छोटो चलचित्र ‘हनिमुन’ सार्वजनिक गरेका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उनले यो चलचित्र सार्वजनिक गरेका हुन् ।
‘हनिमुन’मा विशाल कट्वाल र प्रतिभा केसीले अभिनय गरेका छन् । विवाहपछि श्रीमान्-श्रीमतीको हनिमुनको क्षणमा भएको झगडा र त्यसले निम्त्याएको परिस्थितिलाई रामजीले चलचित्रमा देखाउन खोजेका छन् । यो छोटो चलचित्रले श्रीमतीको विगतलाई हेरेर दाम्पत्य जीवनलाई तनावपूर्ण बनाउन हुँदैन भन्ने सन्देश दिने प्रयास गरेको छ ।
उनले यसअघि डार्क मुन, एक लभर, लकडाउन लगायतका छोटा निर्देशन गरिसकेका छन् । संकल्प भुजेलले खिचेको यो चलचित्रलाई साहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4