
१० फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको धर्मशाला छिट्टै सरकारको स्वामित्वमा ल्याउने बताएका छन् ।
बतास समूहसँग भएको सम्झौता खारेज गर्ने निर्णय रोक्न सर्वोच्च अदाललतले दिएको अल्पकालीन आदेश खारेज भइरहेकाले धर्मशाला छिट्टै धर्मशाला फिर्ता ल्याइने उनले बताए ।
महाशिवरात्री पर्व २०७८ मूल समारोह समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले भने, ‘भारतीय सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड भारु पैसा दिएर धर्मशाला निर्माण गर्न दिएको त्यो भवन आज कौडीको भाउमा विगतको प्रतिनिधिले त्यसलाई बेच्ने कामहरु गरेका छन् । त्यो कतैपनि सह्य हुनेवाला छैन ।’
उनले अघि भने, जसले पशुपतिप्रति गिद्धे दृष्टि लगाउँछ, त्यसको कहिल्यै पनि कल्याण हुनेवाला छैन ।’
पशुपति क्षेत्र विकास कोषको अध्यक्ष समेत रहेका मन्त्री आलेले यस वर्षको महाशिवरात्री पर्व विगतका वर्षहरुभन्दा भव्य र सभ्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4