
१२ फागुन, काठमाडौं । बैंकिङ कसूर मुद्दामा एकजना फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका-२ बस्ने ३८ विश्वनाथ अधिकारीलाई बिहीबार सीआईबीको टोलीले पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनले २०७८ साल कात्तिक २० गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै १० दिन कैद सजाय र ६२ लाख ८ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।
अधिकारीले न्यूरोडस्थित नेपाल बैंकको खातामा पर्याप्त रकम नभएको जानी-जानी चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।
तारकेश्वरमा लुकिछपी बसिरहेको अवस्थामा अधिकारीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4