
काठमाडौं । सानिमा बैंक लिमिटेडले गोरखाको शक्तिचोकमा आफ्ना शाखा विस्तार गरेको छ ।
बिहीबार शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, र बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेका छन् ।
शाखा कार्यालयको उद्घाटन गर्दै मह जोडीले सबल र विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सहज रुपमा सबैको पहुँच पुग्ने गरी सेवा प्रदान गर्न बैंकलाई सुझाव दिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि अनुरोध गरे ।
सानिमा बैंकका अनुसार देशका सातै प्रदेशमा १२३ कार्यालय र १०३ वटा एटीएम सञ्चालनमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4