+
+

भन्सार छलीको आरोपमा कन्टेनरसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १७:२८

१२ फागुन, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले भन्सार छलीको सामान बोकेको आरोपमा कन्टेनरसहित चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बुधबार राति वीरगञ्ज महानगरपालिका-१६ गणेशटोलस्थित सडकखण्डमा एनएल ०१ एल ६५४८ नम्बरको मालबाहक कन्टेनरलाई रोकेर जाँच गर्दा भ्याट बिलमा भएको भन्दा बढी खुद्रा मालबस्तुहरू ल्याएको फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीले कन्टेनरसहित चालक भारतको उत्तर प्रदेश औरैया जिल्ला तैसिल बस्ने २९ वर्षीय सुनिल कुमारलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट विभिन्न किसिमका चक्लेट तथा बिस्कुटहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।

समानसहित कन्टेनरको मुल्य ५५ लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?