१३ फागुन, धनगढी । संघीय खानेपानी मन्त्री उमाकान्त चौधरीले एमसीसी विशुद्ध अनुदान परियोजना भएकाले प्रतिनिधिसभाबाट पारित हुने बताएका छन् ।
प्रेस युनियन कैलालीले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै चौधरीले एमसीसीबारे सिर्जना भ्रम सत्य नभएको बताउँदै राष्ट्रको हितमा भएको जनाए ।
सरकारले मुलुकको समृद्धि र गरिबी निवारणका लागि काम गरिरहेको उल्लेख गर्दै चौधरीले एमसीसी पनि गरिबी निवारणका लागि ल्याइएको परियोजना भएकाले भ्रममा नपर्न आग्रह गरेका छन् ।
एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको र नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षी दल एमालेसँग सहकार्य गर्ने विषयमा उनले लोकतन्त्रमा सबै विकल्प सम्भव हुने जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4