
१६ फागुन, झापा । प्रहरीले ९ ग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा माईजोगमाई गाउँपालिका-१ बस्ने २३ वर्षीय जोसेफ थापा रहेका छन् ।
भारतबाट नेपाल आउँदै गरेको थापालाई इलाका प्रहरी काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई झापा जिल्ला अदालतको आदेशले ७ दिन म्याद थप गरी कानुनी पक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4