+
+
Shares

१८ नागरिक अगुवाले भने : एमसीसीमा ब्याख्यात्मक घोषणा चोरबाटो हो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १७:०५
विज्ञप्तिमा हस्ताक्षर गर्नेमध्येका एक नागरिक अगुवा सूर्यराज आचार्य ।

१६ फागुन, काठमाडौं । नागरिक अगुवाहरुको एक समूहले अमेरिकी सहयोग परियेजना एमसीसीमा राजनीतिक दलहरुले नागरिकलाई भ्रममा राखेको बताएका छन् ।

१८ नागरिक अगुवाले सोमबार एक विज्ञप्ति जारी गरी एमसीसी सम्झौता हुबहु अनुमोदन गरेर ब्याख्यात्मक घोषणा राख्नुलाई चोरबाटो भनेका छन् ।

‘अमेरिकी प्रशासनले त्यसमा कमा र पूर्णविराम समेत परिवर्तन हुन नसक्ने भनेको सन्दर्भमा एकातिर एमसीसी कम्प्याक्ट हुबहु अनुमोदन गर्ने र अर्कोतिर ‘व्याख्यात्मक घोषणा’ को लज्जास्पद चोरबाटो अवलम्बन गरेर आफू र आम जनतालाई भ्रमित बनाउने उदेक लाग्दो नाटक गठबन्धन दलले प्रदर्शन गरेका छन्’ विज्ञप्तिमा भनेका छन् ।

दलहरुले सत्ता गठबन्धन बचाउने नाममा व्याख्यात्मक घोषणाको भ्रामक प्रस्ताव अगाडि सारेर एमसीसी अुमोदन गरेको भन्दै उनीहरुले यसले सार्वभौम संसदको अपमान गरेको बताएका छन् ।

एमसीसी अनुमोदन गरेर सरकार नेपाललाई शक्तिराष्ट्रको राजनीतिक अखडा बनाउने काममा सहजकर्ता बनेको र मुलुकलाई द्वन्द्वमा धकेलेको पनि उनीहरुले बताएका छन् । ‘तर नेपालीजनताले सदनमा रचिएको नाटकलाई स्वीकार्ने छैनन् र आफ्नो सार्वभौमिकता र संविधानको रक्षागर्न अग्रसर हुने छन भन्नेमा हामी विश्वस्त छौं’ विज्ञप्तिमा भनिएको छ ।

यसरी संयुक्त विज्ञप्ति निकाल्नेमा सूर्यराज आचार्य, युवराज सङ्ग्रौला, रत्नसंसार श्रेष्ठ, निनु चापागाईं, पीताम्बर शर्मा, दीपेन्द्र क्षेत्री, श्याम श्रेष्ठ, ओम गुरुङ, विन्दु शर्मा, हरि रोका, शरद वन्त, खगेन्द्र प्रसाई, कृष्ण पौडेल, रामराज रेग्मी, विमल निभा, पुरुषोत्तम सुवेदी, सुदीप श्रेष्ठ, महेश मास्के रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?