+
+

गण्डकी सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा ५० हजार दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १२:५३

१८ फागुन, चितवन । गण्डकी सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा ५० हजार दिने भएको छ ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतम र गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले बुधबार निःशुल्क उपचार सहायता कार्यक्रमको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

योसँगै गण्डकी प्रदेशका महिलाहरुले स्त्री प्रजनन् अंगमा हुने क्यान्सरको उपचारमा ५० हजार सहुलियत पाउने पाएका छन् ।

नेपाल सरकारले उपलब्ध गराउने एक लाख रुपैयाँले खर्च भईसकेपछि गण्डकी प्रदेशका महिलाहरुले यो सुविधा लिन पाउने डा. .देजकुमार गौतमको भनाइ छ ।

गण्डकी प्रदेशका महिलाहरुले स्तन, पाठेघर, पाठेघरको मुखको क्यान्सर लगायतको उपचारमा यो सहुलियत पाउनेछन् ।

गण्डकी प्रदेशमा बसोबास गरेको प्रमाणित भएकाहरुले यो सुविधा लिन पाउने डा. गौतमले बताए ।

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले गण्डकी प्रदेश सरकारको चालु वर्षको योजनामा रहेको कार्यक्रम कार्यान्वयनका लागि अस्पतालसँग सम्झौता गरिएको बताए ।

देश सरकारले यसका कार्यक्रमका लागि ५० लाख रकम छुट्टाएको छ । चालु आर्थिक वर्षको बाँकी ४ महिनाको अवधिको प्रगति र अवस्था हेरेर यसलाई विस्तार गर्दै थप रोग र पुरुषहरुका लागिसमेत उपचारमा सहयोग गर्ने योजना रहेको मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले बताए ।

उपचारमा आउँदा वडाको सिफारिस ल्याउनुपर्ने डा. तिवारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?