+
+

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १४:१४

१८ फागुन, जनकपुरधाम । सर्लाहीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

गौरीशंकरबाट बयलबासतर्फ जाँदै गरेको ज ११ प ८९४५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई ईश्वरपुर नगरपालिका-१३ स्थित अमुवा खोलाको पुलबाट ५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पुलको दाहिने साइडमा ठक्कर दिएर पुलबाट ५ मिटर तल खस्दा मोटरसाइकल चालक महोत्तरीको औरही नगरपालिका-१ बस्ने ३२ बर्षीय चन्दनकुमार साह र पछाडि सवार सर्लाहीको कविलासी नगरपालिका-२ पिपरिया बस्ने २५ बर्षीय रामविश्वास मण्डलको मृत्यु भएको भएको प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

दुबैको घटनास्थलमै मृत्यु भएको र शवलाई अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?