
१८ फागुन, बाजुरा । हत्या गरेर फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बाजुराले ३० वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खप्तडछेडेदह गाउँपालिका-२ का मिनबहादुर सिंह छन् । प्रहरीका अनुसार २०४८ साल असोज ६ गते भैसीले बाली खाएर भएको विवादपछि दोहोरो झगडा हुँदा शंकार धामीको मृत्यु भएको थियो ।
पुनरावेदन अदालत दिपायलले २०५४ सालमा जन्मकैद तथा सर्वोच्च अदालतले २०५७ सालमा १० वर्ष कैद फैसला गरे पनि सिंह फरार थिए ।
प्रहरीले उनलाई सोमबार कैलालीको धनगढीस्थित सन्तोषी टोलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4