+
+

महाअभियोग सिफारिस समितिमा एमाले सांसद पनि रहने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १४:०६

२२ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्न गठित महाअभियोग सिफारिस समितिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद पनि सहभागी हुने भएका छन् ।

आइतबार बस्ने प्रतिनिधिसभाले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गर्दैछ । जसमा नेकपा एमालेका ४ सांसद रहने छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सिफारिस समितिमा नाम पठाउने बताए । पार्टीमा छलफल गरेर सांसदहरुले नाम दिने उनले बताए ।

१ फागुनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

सो प्रस्तावमाथि छलफल गर्न गठन गर्न लागेको समितिमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २–२ सांसद रहनेछन् । त्यस्तै एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक एक सांसद रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?