+
+

छुट्टै सेयर कारोबार प्रणाली आउने पक्का, विनियमावली संशोधनको फाइल बोर्ड पुग्यो

विनियमावली संशोधन समेत गरेर नेप्सेले बोर्डमा पठाइसकेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । बोर्डले विनियमावली स्वीकृत गरेपछि प्रणाली विकास गर्न नेप्सले ब्रोकरहरुलाई भन्नेछ । तर ब्रोकरहरुले यस अघि नै तयारी गरिसकेकाले आफ्नै टीएमएस ल्याउन लामो समय भने कुर्नुपर्ने छैन ।

रोयल आचार्य रोयल आचार्य
२०७८ फागुन २२ गते १९:०१

२२ फागुन, काठमाडौं । सेयर ब्रोकर कम्पनीहरूले अब छुट्टै सेयर कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालनमा ल्याउने भएका छन् । अहिले सेयर किनबेचका लागि प्रयोग हुने गरेको टीएमएस नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले उपलब्ध गराएको प्रणाली हो । ब्रोकर कम्पनीहरुले आफ्नै टीएमसएस ल्याउन केही वर्ष पहिले नै तयारी गरेका थिए । तर नेप्से र नेपाल धितोपत्र बोर्ड सकारात्मक नहुँदा यो विषय अघि बढ्न सकेको थिएन ।

ब्रोकर कम्पनीहरुलाई आफ्नै कारोबार प्रणाली विकास गरी सञ्चालनमा ल्याउन दिन नेप्से तयार देखिएको छ भने बोर्ड पनि सकारात्मक देखिएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र बोर्डका अध्यक्ष रमेश कुमार हमाल दुबै जना यस विषयमा सकारात्मक देखिएका छन् । अब नेप्सेले छुट्टै प्रणाली विकास गर्न कारोबार व्यवस्थापन प्रणालीसम्बन्धी विनियमावली संशोधन गर्नुपर्ने हुन्छ ।

विनियमावली संशोधन समेत गरेर नेप्सेले बोर्डमा पठाइसकेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । बोर्डले विनियमावली स्वीकृत गरेपछि प्रणाली विकास गर्न नेप्सले ब्रोकरहरुलाई भन्नेछ । तर ब्रोकरहरुले यस अघि नै तयारी गरिसकेकाले आफ्नै टीएमएस ल्याउन लामो समय भने कुर्नुपर्ने छैन । स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीका अनुसार प्रणाली तयारी अवस्थामा छ । तर परीक्षण भने गरिएको छैन ।

‘हामीले सफ्टवेयरको काम त लगभग पूरा गरेका छौं, टेष्ट गर्न बाँकी छ,’ उनले भने, ‘पोलिसी नै नआइ टेष्ट गर्ने कुरा भएन, पोलिसी आउने वित्तिकै हामी टेष्ट गरिहाल्छौं ।’केही वर्ष अघिसम्म अफलाइन कारोबारको नेपालमा विकल्प नै थिएन ।

नेप्सेले कारोबार प्रणाली नबनाएका कारण लगानीकर्ताहरू ब्रोकर कार्यालयमा नै पुगेर अथवा टेलिफोन गरेर सेयर कारोबार गर्दै आएका थिए । नेप्सेले टीएमएस भित्र्याएपछि अहिले ६ लाख लगानीकर्ताले अनलाइन कारोबार गर्दै आएका छन् ।

ब्रोकर एसोसिएसनले ब्रोकरहरूको संयुक्त पहलमा सेयर कारोबारका लागि नयाँ टीएमएस ल्याउनेदेखि सेयर खरिद बिक्रीको रकम भुक्तानीका लागि नयाँ प्रणाली विकास गरिरहेको छ । विद्यमान प्रणालीभन्दा अझ धेरै सुविधाहरू भएको कारोबार प्रणाली भित्र्याउन लागिएको एसोसिएसनका अध्यक्ष मैनालीले बताए ।

विनियमावली संशोधन समेत गरेर नेप्सेले बोर्डमा पठाइसकेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । बोर्डले विनियमावली स्वीकृत गरेपछि प्रणाली विकास गर्न नेप्सले ब्रोकरहरुलाई भन्नेछ । तर ब्रोकरहरुले यस अघि नै तयारी गरिसकेकाले आफ्नै टीएमएस ल्याउन लामो समय भने कुर्नुपर्ने छैन ।

एसोसिएसनले गत साउन १ गतदेखि नै आफ्नो प्रणाली ल्याउन पहल गरे पनि अनुमति नपाउदा सफल हुन सकेको थिएन । ब्रोकर एसोसिएसनमा भरत रानाभाट एसोसिएसनका अध्यक्ष भएका बेला नै ब्रोकर कम्पनीहरू मिलेर १० करोड चुक्ता पूँजी भएको कम्पनी दर्ता भएको थियो । त्यहाँ केही बैंकहरू र आईटी कम्पनीसमेतको लगानी हुने भनिएको कम्पनीकै अग्रसरतामा यो काम हुन लागेको हो ।

धितोपत्र कारोबारमा निहीत जोखिम व्यवस्थापन गर्न र लगानीकर्ताले कारोबार गर्दा बेहोर्नुपर्ने दुःख अन्त्य गर्न ब्रोकरहरूको संयुक्त पहलमा १० भन्दा बढी देशहरूमा प्रयोग भइरहेको टीएमएस सञ्चालनमा ल्याउने सम्झौता भएको जनाएको छ ।

अध्यक्ष मैनालीका अनुसार मल्टि एक्सचेञ्ज ट्रेडिङ प्लाटफर्मरहेको उक्त प्रणालीमा सेयर, डिबेन्चर, बण्ड, डेरिभेटिभ्स, करेन्सीलगायत विभिन्न उपकरणहरूको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने छ । मोबाइल एपसहितको यो प्रणालीले लगानीकर्ताहरूलाई कारोबार गर्न सहज हुने एसोसिएसनको दाबी छ ।

एसोसिएसनका अनुसार अर्थतन्त्र, बजार तथा सूचिकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण गर्न सकिने गरी यस प्रणालीमा तथ्यांकहरू राखिने छन् । लगानीकर्ताहरूले आफ्नो कारोबारको सम्पूणर् हिसाबकिताब तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणालीमार्फत हेर्न पाउने व्यवस्था रहने बताइएको छ ।

यस अघि नेप्सेले नै अनुमति दिन चाहेको थिएन । नेप्सका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद ब्रोकर कम्पनीहरूले संयुक्त रूपमा ल्याउने प्रणालीलाई अनुमति दिन नहुने पक्षमा थिए । अनलाइनखबरसँगको कुराकानीमा सीईओ साउदले व्यक्तिगत रुपमा आउने भए सोच्न सकिने, तर सामुहिक रूपमा आएर अनुमति दिन नसकिने बताएका थिए ।

सबैले एउटै प्रणाली चलाउँदा वा संयुक्त रूपमा चलाउन अनुमति दिँदा ग्राहकको गोप्य सूचनाहरू समेत सार्वजनिक हुने खतरा हुनसक्ने उनको भनाइ थियो । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि साउदले पदबाट राजीनामा दिएपछि कृष्णबहादुर कार्की नेप्सेको सीईओ बनेका छन् ।

यो विषयमा सीईओ कार्की सकारात्मक देखिएका छन् । तर सुरक्षाको प्रत्याभूती दिलाएरमात्रै अनुमति दिइने नेप्सेका प्रवक्ता पराजुलीले बताए ।

‘विनियमावलीले पनि धेरै कुराहरु समेटेको छ, सुरक्षाको कुरा महत्वपूणर् हुन्छ सुरक्षामा सम्झौता हुन्न’ उनले भने, ‘नेप्सेका एक अधिकारीले भने, ‘हामीले सुरक्षामा दिनु पर्ने ध्यान दिएा छौं ।’ उता ब्रोकर कम्पनीहरु आफैं पनि सुरक्षाका विषयमा गम्भीर छन् । अन्तर्राष्ट्रिय प्राक्टिस अनुसार प्रणाली विकास भएको उनले बताए ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?