+

आईसीसी वरीयता : ब्याटिङमा दीपेन्द्र ६ स्थान खस्किए, भुर्तेलको ३ स्थान सुधार

२०८२ असोज  २९ गते १४:०१ २०८२ असोज २९ गते १४:०१
आईसीसी वरीयता : ब्याटिङमा दीपेन्द्र ६ स्थान खस्किए, भुर्तेलको ३ स्थान सुधार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई ब्याटिङ वरियतामा ६ स्थान खस्किएर ७१औं स्थानमा पुगेका छन्।
  • ओपनर कुशल भुर्तेल ३ स्थान सुधार गरेर ७९औं स्थानमा पुगेका छन् भने कप्तान रोहित पौडेल र आसिफ शेख १-१ स्थान खस्किए।
  • बलिङमा ललित राजवंशी ११ स्थान तल झरेका छन् भने सन्दीप लामिछाने १ स्थान माथि पुगेका छन्।

२९ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई ब्याटिङ वरियतामा ६ स्थान खस्किएका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र ६ स्थान तल झरेर ७१औं स्थानमा पुगेका हुन् । बुधबार सार्वजनिक गरिएको वरीयतामा १३ अक्टोबरसम्मको प्रदर्शन हेरिएको छ ।

ओपनर कुशल भुर्तेल भने ३ स्थान सुधार गरेर ७९औं स्थानमा पुगेका छन् । कप्तान रोहित पौडेल र ओपनिङ ब्याटर आसिफ शेख १-१ स्थान खस्किएर क्रमश: ७२औं र ७४औं स्थानमा पुगेका छन् ।

अलराउण्डर वरियतामा भने दीपेन्द्र चौथोमा छन् ।  शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब कायमै छन् । दोस्रोमा हार्दिक पान्ड्या र तेस्रोमा अफगानिस्तानका मोहम्मद नाबी छन् ।

कुशल भुर्तेल अलराउन्डर वरीयतामा २४औं स्थानमा छन् ।

बलिङमा ललित राजवंशी ११ स्थान तल (६२औं स्थानमा) झर्दा सन्दीप लामिछाने १ स्थान माथि (८२औं स्थानमा) पुगेका छन् ।

 

आईसीसी वरीयता दीपेन्द्रसिंह ऐरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय