+
+

पूजाको हत्या आरोपमा थप एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते २०:३३

२३ फागुन, जनकपुरधाम । काठमाडौंकी पूजा सिंह पोदारको हत्या आरोपमा प्रहरीले सिरहामा थप एक जनालाई पक्राउ गरेको छ ।

१७ फागुनमा सिरहाको कमला नदी किनारमा हत्या गरिएकी पूजाको हत्या आरोपमा श्रीमान् सिरहाको कर्जन्हा नगरपालिका-७ निवासी अमर राउत यसअघि नै पक्राउ परेका थिए । हत्यामा अमरलाई सघाएको आरोपमा प्रहरीले सिरहाकै कल्याणपुर नगरपालिका- ४ जमुवाका २६ वर्षका मन्तोषकुमार साहलाई पक्राउ गरेको हो । उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत सिरहाबाट अनुमति लिइसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

काठमाडौं महानगरपालिका-२० जैसीदेवल बस्ने २२ वर्षकी पूजासँग अमरले गत माघमा प्रेम विवाह गरेर काठमाडौंमा बस्दै आएका थिए । परिवारले पूजालाई नस्वीकारेपछि सम्झाउन भन्दै सिरहा पुगेका अमर नफर्किएपछि पूजा पनि १७ फागुनमा सिरहा गएकी थिइन् ।

यसबीचमा अमरको अर्कै ठाउँमा विवाह तय भइसकेको थियो । अर्को विवाहमा पूजा समस्या बन्न सक्ने भन्दै अमरले मन्तोषको सहयोग लिएर पूजाको हत्या गरेको प्रहरीको भनाइ छ ।

घट्नामा अन्य व्यक्तिको पनि संलग्नता रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?