
फाइल तस्वीर
२४ फागुन, काठमाडौं । वरिष्ठ कलाकार नीर शाहलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न नेपाली कांग्रेस निकटको नेपाल साँस्कृतिक संघले लबिङ गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने रिक्त एक पदमा शाहलाई मनोनित गर्न संघले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समक्ष प्रस्ताव राखेको हो ।
राष्ट्रपतिबाट मनोनित राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको कार्यकाल केही दिनअघि सकिएपछि सो पदमा मनोनितका लागि शाहलाई प्रस्ताव गरिएको साँस्कृतिक संघ निकट स्रोतले बताएको छ ।
तर यस विषयमा शाहले केही बोलेका छैनन् । २०४१ सालमा नेपाल टेलिभिजनको सुरुवातसँगै शाहले १० वर्ष त्यहाँको नेतृत्व सम्हालेका थिए । शाह चलचित्र विकास बोर्डका अध्यक्ष पनि भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4