
अभिनेत्री आँचल शर्मा र नवकलाकार विवेक कर्माचार्य
२५ फागुन, काठमाडौं । अभिनेत्री आँचल शर्माले मिलन चाम्सले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘वर एण्ड वधु’मा वधुको भूमिकामा अभिनय गर्दैछिन् । फिल्मको छायांकन एक महिनापछि सुरु गर्ने तयारी रहेको निर्देशक चाम्सले जनाएका छन् ।
चलचित्रको छायांकन सुरु हुनुभन्दा अगाडि निर्माणपक्षले फिल्मको मुख्य नायक फाइनल गरेको छ । आँचलको वरको रुपमा नवकलाकार विवेक कर्माचार्यले काम गर्ने पक्का भएको छ । विवेकले माला आर्टस एकेडेमीबाट अभिनयमा स्नातक गरेका हुन् ।
एलआरके इन्टरटेन्मेन्टके ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको कमेडी र प्रेमकथामा निर्माण गरिंदैछ । आँचलले यही फिल्मको लागि तौल पनि घटाएकी छन् । फरक कथामा बन्न लागेको फिल्मको कारण आफू उत्साहित भएको आँचलले बताइन् । नेपाली फिल्ममा नयाँ नायकको अभाव भइरहेको समयमा विवेकले नयाँ सम्भावना देखाउने निर्देशक चाम्सले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4