+
+

पोखरियाका मेयर रौनियार कांग्रेसमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १६:३८

२६ फागुन, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्साले वीरगञ्जमा आयोजना गरेको प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रममा रौनियार कांग्रेसमा प्रवेश गरेका हुन् ।

बिहीबार वीरगञ्ज आइपुगेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले टिका र माला लगाएर  मेयर रौनियरलाई पार्टी प्रवेश गराएका हुन् ।

पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली जनता दलबाट ३ हजार २६ मत प्राप्त गरेर उनी नगरप्रमुखमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?