
२८ फागुन, बुटवल । गृहमन्त्री बालकृष्ण खांणलाई जनमत पार्टीका कार्यकर्ताले रुपन्देहीमा कालो झण्डा देखाएका छन् ।
शनिबार लुम्बिनीमा अस्पताल शिलान्याश गरेर पार्टीको कार्यक्रममा सहभागी हुन जाने क्रममा रुपन्देहीको धकधई बजार नजिकै गृहमन्त्रीलाई जनमत पार्टीका नेता कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।
कालो झण्डा देखाउनेहरुलाई प्रहरीले रोकेको तर कसैलाई पक्राउ नगरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
किसान आन्दोलनका माग सम्बोधन नगरेको, स्थानीय निर्वाचनमा दलीय चुनाव चिह्नमा सिण्डिकेट लादेको लगायतका ११ बुँदे मागका विषयमा सरकारले बेवास्ता गरेको विरोधमा कालोझण्डा देखाइएको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4