+
+

थप ५८ जनामा कोरोना संक्रमण, १४८ जना संक्रमणमुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १७:५६

३० फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५३९ पीसीआर परीक्षणमा ५० जना र एक हजार ८७९ एन्टिजेन परीक्षणमा आठ जना गरी ५८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएको छैन । संक्रमणमुक्त हुनेको संख्या १४८ रहेको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या चार हजार ८१९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?