+
+

चाप्लुसी गर्ने व्यक्तिलाई टिकट दिंदा पार्टीलाई असर : प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १३:३२

१ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हरेक निर्वाचनमा नेताहरुको चाप्लुसी गर्ने व्यक्तिहरुले टिकट पाउने परिपाटीका कारण सिंगो पार्टीलाई असर परिरहेको बताएका छन् ।

मंगलबार नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका पदाधिकारीहरुलाई ठमेलस्थित आफ्नै निवासमा बधाई तथा शुभकामना व्यक्त गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।

पार्टी नेतृत्वले आफ्ना मान्छेहरुलाई छानीछानी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा उम्मेदवार बनाउने परिपाटी अन्त्य हुनुपर्ने बताए । उम्मेदवार छनोट गर्दा पार्टीको विधान र नियमावलीलाई पालना गर्नुपर्ने उनको जोड छ ।

नेता सिंहले स्थानीय तहको निर्वाचनमा हरेक वडा तथा पालिकामा उम्मेदवार छनोट गर्दा सकेसम्म सर्वसम्मत हुनुपर्ने र सर्वसम्मत हुन नसके वडा तथा पालिकाहरुमा राम्रो पहिचान बनाएका व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने धारणा राखे ।

त्यस्तै नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचत अध्यक्ष रवि सिंहले नेपाली कांग्रेस नेतृत्वको सरकार बनेपछि निर्माण व्यवसायीहरुले राहत महसुस गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?