+
+

‘कश्मीर फाइल्स’लाई भारतका ७ राज्यमा कर छुट, मोदीले गरे फिल्मको प्रशंसा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १७:१४

१ चैत, काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले सरकार चलाइरहेका सात भारतीय राज्यले फिल्म ‘द कश्मीर फाइल्स’लाई मनोरञ्जन करमा छुट दिने घोषणा गरेका छन् । उत्तर प्रदेश, गुजरात, मध्यप्रदेश, त्रिपुरा, गोवा र हरियाणा राज्यले फिल्मलाई कर छुट दिने घोषणा गरेका हुन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ट्वीटरमार्फत फिल्मलाई करबाट मुक्त गरिएको उल्लेख गरेका छन् । दोस्रो विधानसभा चुनावपछि पुनः सत्तामा फर्किएका मुख्यमन्त्री आदित्यनाथको यो पहिलो निर्णय हो ।

कांग्रेस र शिवसेनाले मिलेर सरकार चलाइरहेको राज्य महाराष्ट्रमा पनि फिल्मलाई कर छुट दिनुपर्ने माग बीजेपीले राखेको छ । बीजेपी सांसद राम कदमले राज्यमा कर छुट नगरिए हिन्दूवादीहरु सरकारविरुद्ध सडकमा उत्रिने चेतावनी दिएका छन् ।

कश्मीरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मीर पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर अहिले भारतमा चर्चा छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले फिल्मको प्रशंसा गर्दै कश्मीरको यथार्थ बाहिर ल्याएकोमा फिल्म टिमलाई बधाई दिएका छन् । फिल्मविरुद्ध केही कोणबाट विरोध भएपछि मोदीले त्यसको आलोचना गरेका छन् । मध्यप्रदेश राज्य सरकारले फिल्म हेर्न एक दिन बिदा दिने घोषणा समेत गरेको छ ।

फिल्मले भारतीय बक्स अफिसमा चार दिनमै ४२.२० करोड कमाएको छ । विवेक अग्निहोत्रीद्वारा लिखित र निर्देशित फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी र दर्शन कुमारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?