+

साफ यू-१८ महिला च्याम्पियनसिप : नेपालले बंगलादेशसँग खेल्दै

२०७८ चैत  ३ गते ११:२५ २०७८ चैत ३ गते ११:२५
साफ यू-१८ महिला च्याम्पियनसिप : नेपालले बंगलादेशसँग खेल्दै

३ चैत, काठमाडौं । भारतमा भइरहेको साफ यू-१८ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दैछ । खेल जमसेदपुरस्थित जेआरटी टाटा कम्प्लेक्समा नेपाली समय अनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ ।

मंगलबार भएको उद्घाटन खेलमा घरेलु टोली भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको नेपाल बंगलादेशसँगको खेलमा त्यो नतिजालाई बिर्साउने प्रयासमा हुनेछ ।

यसअघि भएका दुई संस्करणमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन । त्यसैले बंगलादेश विरुद्ध अंकको खाता खोल्ने लक्ष्यमा नेपाल छ ।

तीन टिम मात्र सहभागी च्याम्पियनसिपमा डबल राउण्ड रोविन लिगको आधारमा खेल हुनेछ र त्यसपछि धेरै अंक जोड्ने टिम च्याम्पियन बन्नेछ ।

उपाधिको सम्भावना कायम राख्न पनि नेपालले आज बंगलादेशलाई हराउनैपर्नेछ ।

नेपाल बंगलादेश साफ यू-१८ महिला च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय