४ चैत, काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई हराएर च्याम्पियन्स लिग क्वाटरफाइनलमा पुगेको स्पेनिस टोली एट्लेटिको मड्रिडले सेमिफाइनल प्रवेशका लागि प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
शुक्रबार भएको क्वाटरफाइनल–सेमिफाइनल ड्रअनुसार इंग्लिस टोली चेल्सीले क्वाटरफाइनलमा ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
क्वाटरफाइनल ड्रमा चेल्सी, सिटी, रियल र एट्ल्टिको एउटा पोलमा परेका छन् । यो दुई खेलबीचको विजेताबीच सेमिफाइनल प्रतिस्पर्धा हुनेछ ।
अर्को पोलमा पोर्चुगलको बेनफिकाले इंग्लिस टोली लिभरपुल तथा स्पेनको भियारियालले जर्मनीको बायर्न म्युनिखसँग खेल्ने छ । यो दुई खेलको विजेताबीच सेमिफाइनल हुनेछ ।
प्रतिक्रिया 4