+
+

प्युठानमा बस दुर्घटनामा एक बालकको मुत्यु, २२ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ५ गते १६:१२

५ चैत, दाङ । प्युठानको रातामाटाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

प्युठानबाट दाङको घोराही आउँदै गरेको यात्रु बस शनिबार बिहान साढे ११ बजे प्युठानको माण्डवी गाउँपालिका–२ नजिकै दुर्घटना हुँदा एक जना बालकको मुत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

मुत्यु हुनेमा दाङको घोराही–३ का १ वर्षीय बालक अंशु परियार रहेको प्रहरी कार्यालय प्युठानका डीएसपी सत्यनारायण थापाले बताए । उनका अनुसार घाइते २२ जनालाई उपचारका लागि दाङ स्थित राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । घाइते सबैको अवस्था सामान्य छ ।

प्युठानबाट घोराही आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस प्युठानको माण्डवी गाउँपालिका–२ सेतोपरामा दुर्घटना भएको हो । करिब ३० जना यात्रु बोकेको बस अनियन्त्रित हुँदा सडकदेखि ७० मिटर तल खसेको थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?