+
+

आइफोनमा देखियो नयाँ समस्या, ब्याट्री चार्ज छिटै रित्तिने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते ११:५९

एप्पलले हालै विभिन्न नयाँ फिचर भएको आइओएस १५.४ लञ्च गरेको छ । आइओएस १५.४ मा प्रयोगकर्ताले मास्क लगाएरै फेस आइडीबाट आइफोन अनलक गर्न सक्ने फिचर उपलब्ध छ । यद्यपि यो अपरेटिङ सिस्टमको यो अपडेटपछि धेरै प्रयोगकर्ताले समस्या भोगिरहेका छन् ।

प्रयोगकर्ताहरूले आइओएस १५.४ अपडेट गरेसँगै फोनमा तीव्र गतिमा ब्याट्री खपत भैरहेको गुनासो गरेका छन् । ट्वीटरमा आइफोन प्रयोगकर्ताका गुनासाहरुको बाढी नै आएको छ ।

ट्वीटरमा प्रयोगकर्ताले गरेका गुनासा अनुसार आइओस १५.४ अपडेट पश्चात् आइफोनको ब्याट्री लाइफ अत्यन्तै कम भएको छ । ब्याट्रीको चार्ज १० मिनेटमै ५ प्रतिशतले घट्ने गरेको छ । एक आइफोन १३ प्रो म्याक्स प्रयोगकर्ताका अनुसार उनको आइफोनको ब्याट्री आधा दिनमै आधाजसो रित्तिने गरेको छ ।

क्तिपय प्रयोगकर्ताहरूका अनुसार आइफोनमा ९६/९७ प्रतिशतसम्म चार्ज गरेर प्लग निकालेपछि शतप्रतिशत चार्ज भएको देखाउने गरेको छ । तर ५ मिनेटपछि आइफोन रिस्टार्ट गर्दा ब्याट्री चार्ज तीव्र गतिमा घटेको हुन्छ ।

आइफोन अपरेटिङ सिस्टममा नयाँ अपडेटसँगै देखा परेको ब्याट्री लाइफको यो समस्यका विषयमा एप्पलले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

आइओएस १५.४ को अपेट आइफोन १३ सिरिज, आइफोन १२ सिरिज, आइफोन ११ सिरिज, आइफोन एक्स सिरिज, आइफोन ८, आइफोन ८ प्लस, आइफोन सेभेन, आइफोन सेभेन प्लस, आइफोन ६ एस, आइफोन ६ एस प्लस र आइफोन एस इ मा उपलब्ध छ । त्यस्तै आइप्याड टचमा पनि यो अपडेट उपलब्ध छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?