+

पुरुष फुटबल टिमले पायो टिम अफ दि इअरको अवार्ड

२०७८ चैत  ८ गते १५:३५ २०७८ चैत ८ गते १५:३५
पुरुष फुटबल टिमले पायो टिम अफ दि इअरको अवार्ड

८ चैत, काठमाडौं । नेपाली पुरुष फुटबल टिमले पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत टिम अफ दि इअरको अवार्ड जितेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको अवार्ड समारोहमा फुटबल टिम वर्षकै उत्कृष्ट घोषित भएको हो ।

फुटबल टिमले २०७७ साल चैत महिनामा दशरथ रंगशालमा आयोजना भएको थ्री नेशन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

बंगलादेश र कीर्गिस्तानको यू२३ टिम सम्मिलित उक्त प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गर्दै उपाधि जितेको थियो ।

घरेलु भूमिमा नेपालले ३७ वर्षपछि जितेको त्यो पहिलो उपाधि समेत हो ।

खेलकुद पल्सर स्पोर्टस् अवार्ड फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय