८ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा खुकुरी प्रहारबाट दुई जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका– २१ पटेलनगरका ४५ वर्षीय राजेन्द्र पटेल र उनका २० वर्षीय छोरा विकास पटेल घाइते भएका हुन् ।
उपचारका क्रममा राजेन्द्रको टाउकोमा २० वटा टाँका लगाइएको छ । त्यस्तै विकासको हातमा चोट लाग्नुको साथै टाउकोमा ८ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ ।
खानेपानी धाराको विषयमा मंगलबार बिहान विवाद हुँदा आफ्नै भाइ कामेश्वर पटेलले सवा १० बजेतिर उनलाई खुकुरीले हानेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने कामेश्वरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
कामेश्वरले प्रयोग गरेको खुकुरी समेत बरामद गरी उनी विरुद्ध ज्यान मार्ने कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4