+
+

प्रिन्स दाहाल र दिपेश धामी अन्तिम-१६ मा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १८:५९

१० चैत, काठमाडौं । रिभाइभका प्रिन्स दाहाल र एपीएफका दिपेश धामी प्रथम राष्ट्रब्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिप-२०२२ को अन्तिम १६ मा पुगेका छन् ।

जुनियर विश्व वरीयतामा शीर्ष स्थानमा रहेका प्रिन्सले १६ फिदरका सुजन थापा माथि २१-३, २१-११ को सहज जित निकाले ।

भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको च्याम्पियनसिपमा राष्ट्रिय च्याम्पियन दिपेश धामी काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका बविश थापामाथि २१–७, २१-८ को सहज जितसँगै अन्तिम १६ मा पुगे ।

पुलिसका सुनील जोशीले त्रिभुवन आर्मीका डेभिड थापामगरलाई २१-१५, २१-८ ले पराजित गरे । त्रिभुवन आर्मीका प्रफुल महर्जनले कपिलबस्तुका अभय महरालाई २१–८, २१–६, आर्मीकै पविन लिनथेपले काभ्रेका अंकित भक्त भोछेभ्यलाई २१–९, २१–७, पुलिसका जीवन आचार्यले एपिएफका रोशन साउदलाई २१–१२, २१–१६ ले पराजित गरे । विजयी सबै अन्तिम १६ मा प्रवेश गरेका हुन् ।

बीबीसीका आयुश प्रजापतीले भक्तपुरका लक्ष्मी नारायण सुवाललाई २१–१०, २१–११, एनजेसी डल्लुका स्वर्य मानन्धरले गठ्ठाघर स्पोर्टसका बिवेक भट्टराईलाई २१–९, २१–१८, कालिका बिसीका सुदीप सेढाईले धन्यन्तरीका बिकास कटुवाललाई २१–१२, २१–८, पुलिसका पूर्णबहादुर थापाले एपिएफका सुमन लिम्बुलाई २१–१९ को समान अन्तरले, आर्मीका नवीन श्रेष्ठले १६ फिदरका क्षितिज खनाललाई २१–१२, २१–१४ को सेटमा पराजित गरे ।

पुलिसका हिरा राईले एनजेसी डल्लुका अर्ब तुलाधरलाई २१–७ को समान अन्तरले, आर्मीका रुकेश महर्जनले भक्तपुरका रिसोद सुवाललाई २१–९, २१–८, एपीएफका देवराज रानाले आर्मीकाा बिवेक चौधरीलाई १४–२१, २१–११, २१–१६ र पुलिसका बिष्णु कटुवालले कपिलबस्तुका रोहित बराललाई २१–११ को समान अन्तरले पराजित गरी अन्तिम १६ मा पुगे ।

नेपाल ब्याडमिन्टन संघको तत्वावधानमा भएको च्याम्पियनसिपको महिला एकलतर्फ बिश्व जुनियरको युगल तर्फ सातौं वरीयतामा रहेकी रशिला महर्जनले एनआरएनएकी सानिया चन्दलाई पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाउन सफल भएकी छिन् । आर्मीकी रशिलाले चन्दमाथि २१–१६, २१–९ को जित निकालिन् ।

आर्मीकी अमिता गिरीले भक्तपुरकी सुभेक्षा श्रेष्ठलाई २१–८, २१–४ ले हराइन् । आर्मीकै प्रार्थाना देउवाले एपिएफकी शोभा गौचनलाइृ २१–७, २१–१०, भोजपुरकी सिता राईले बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राईलाई २१–१७, २१–१५, पुलिसकी निता लम्सालले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीकी अन्जली लिम्बुलाई २१–१०, २१–३ ले हराउँदै क्वाटरफाइनलमा पुगे ।

एपीएफकी जेशिका गुरुङले आर्मीकी रोज पाण्डेलाई २१–१६, २१–१४, एपीएफकै सुनयना मुखियाले आर्मीकी प्रेक्षा राईलाई २०–२२, २१–१०, २१–१४ तथा आर्मीकी अनुमाया राईले १६ फिदरकी रिहाना शेरचनलाई २१–५, २१–८ ले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?