+
+

श्रोत नखुलेको अवैध रकमसहित महोत्तरीबाट दुई युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १८:०८

१३ चैत, जनकपुरधाम। महोत्तरी प्रहरीले श्रोत नखुलेको ५५ लाख रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकि औरहीको संयुक्त टोलीले आइतबार औरही नगरपालिका वडा नम्बर १ बाट रकमसहित ती युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा औरही नगरपालिका वडा नम्बर २ बस्ने २१ बर्षका धिरज कुमार यादव र १८ वर्षीय रमेश कुमार सहनी रहेको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

ज.९ प. ८२४७ नम्बरको मोटरसाईकलमा सबार उनीहरूलाई चेकजाँच गर्दा ५५ लाख बरामद भएको विष्टले बताए ।

धिरजले काँधमा भिरेको कालो रंगको कपडाको झोलाभित्र लुकाई छिपाई ल्याएको उक्त रकम बरामद भएको उनले बताए ।

पक्राउ परेका दुबैलाई रकम र मोटरसाइकलसहित आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?