+
+

टी-२० अन्तर्राष्ट्रियमा करणले पूरा गरे ५० विकेट

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १४:२६

१७ चैत, काठमाडौं । तीव्र गतिका बलर करण केसीले टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिएका छन् ।

कीर्तिपुरमा भइरहेको त्रिकोणात्मक टी-२० श्रृङ्खला अन्तर्गत बिहीबार पपुवा न्यूगिनी विरुद्ध पहिलो विकेट लिएपछि करणले ५० विकेटको कोशेढुंगा पूरा गरेका हुन् ।

करणले पहिलो ओभरको चौथो बलमा लेगा सिएकालाई आसिफ शेखबाट क्याचआउट गराउँदै करियरको ५०औं टी-२० अन्तर्राष्ट्रिय विकेट लिएका हुन् । उनले ३६ खेल खेल्दै यो उपलब्धी हासिल गरे । करण नेपालबाट टी-२० मा ५० विकेट लिने दोस्रो बलर हुन् ।

यसअघि सन्दीप लामिछानेले ५० विकेट पूरा गरिसकेका छन् । सन्दीपले नेपालका लागि सर्वाधिक ६७ टी-२० अन्तर्राष्ट्रिय विकेट लिएका छन् ।

टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेपछि करणलाई बधाई दिँदै नेपाली खेलाडी । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?