+
+

पेट्रोल पम्पमा बढ्न थाल्यो लाइन (फोटो फिचर)

चन्द्रबहादुर आले आर्यन धिमाल चन्द्रबहादुर आले, आर्यन धिमाल
२०७८ चैत १९ गते १७:५१

१९ चैत, काठमाडौं । पेट्रोलियम पदार्थको अभाव हुने डरले काठमाडौंका पेट्रोल पम्पहरुमा शनिबार पनि पेट्रोल भर्नेहरुको लाइन लामो भयो । पेट्रोलियम पदार्थ ढुवानीकर्ताको आन्दोलनका कारण आपूर्ति नभएर पेट्रोलियम पदार्थ  अभाव हुन सक्ने भन्दै सर्वसाधारण पेट्रोल पम्पमा लाइन लागेका हुन् ।

एक्कासी धेरै मानिसहरु तेल भर्न लाइन लाग्दा पेट्रोल पम्पहरुले पनि माग अनुसार तेल दिन सकेका छैनन् । आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालभित्रका निगमको डिपोबाट पम्पहरुले किन्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको छ । यसका कारण शुक्रबार पम्पहरुले निगमको डिपोबाट तेल ल्याउन पाएनन् ।

शुक्रबार भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा लिटरमा २७ रुपैयाँ घाटा कायम रहेको भन्दै निगमले विज्ञप्ति निकालेका कारण पनि आज–भोलि नै मूल्य बढ्ने आशंकाले तेल हाल्न लाइनमा बस्नेहरु छन् ।

ललितपुरको पुल्चोकस्थित साझा पेट्रोल पम्प सामान्यतया शनिबार बन्द हुने गर्थ्यो । तर यसपटक भने शनिबार पनि खुला राखिएको छ । साझामा तेल भर्नेहरुको लाइन पाँच सय मिटर भन्दा लामो छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?