
काठमाडौं । आगामी शुक्रबार बुद्धि तामाङ अभिनित नेपाली फिल्म ‘मैले आई लभ यु भन्नै सकिनँ’ प्रदर्शन हुने भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा फिल्मको ट्रेलर र गीत सार्वजनिक गरियो ।
यो एक्सन-कमेडी फिल्ममा बुद्धिसहित जयनन्द लामा, राजाराम पौडेल, अञ्जली अधिकारी, स्वर्गीय जयनन्द लामा लगायतको मुख्य भूमिका छ । कार्यक्रममा राजेशपायल राई र मेलिना राईको स्वर रहेको गीत ‘मुस्ताङको बजार’ पनि रिलिज गरिएको थियो ।
फिल्म ‘कबड्डी’बाट चर्चामा आएका अभिनेता तामाङका फ्यानलाई फिल्म मन पर्नसक्छ । सार्वजनिक गीत र ट्रेलरअनुसार फिल्ममा बुद्धि र अञ्जलीले अनस्क्रिन रोमान्स गरेका छन् ।
शंकर कार्की र बाबु जिम्बाले निर्देशन गरेको फिल्मका निर्माता प्रेम श्रेष्ठ हुन् । दक्षिण भारतीय फिल्म ‘आरआरआर’को दबदबाबीच प्रदर्शन हुन लागेको यो फिल्म सिंगल स्क्रिनमा रिलिज हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4