
२२ चैत, गुल्मी । गुल्मीमा एक बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेका युवक ६ महिनापछि पक्राउ परेक छन् ।
जिल्लाको मदाने गाउँपालिका वडानम्बर–४ बस्ने १९ वर्षका ईश्वर बोहरोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बोहरामाथि गत असोज २७ गते मदाने गाउँपालिका–२ बाझकटेरीमा बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेको थियो ।
फरार रहेका आरोपित बोहरालाई चैत २१ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव राज खरेलले बताए । बोहरामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4