+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

चोभार बन्दरगाह खाद्यान्न आयातमा मात्रै केन्द्रित नहोस्, निर्यातको पनि केन्द्र बनोस् : अर्थमन्त्री  

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते १७:४९
जनार्दन शर्मा/फाइल तस्वीर

२२ चैत, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले दैनिक उपभोग हुने खाद्यवस्तु आयातका लागि चोभार बन्दरगाह प्रयोग हुन नहुने बताएका छन् ।

मंगलबार चोभार सुख्खाबन्दरगाह उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले तरकारी, फलफूल, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु आयातका लागि यो बन्दरगाह प्रयोग हुन नहुने बताएका हुन् ।

चोभार सुख्खा बन्दरगाह सञ्चालन पछि मुलुक स्थलमार्ग भएर समुन्द्री पहुँचमा जोडिएको भन्दै उनले अब नेपालमा उत्पादित वस्तु समुन्द्री तटसम्म सिधै पुग्ने र त्यहाँ लोड भएका माल वस्तु सहजै काठमाडौं आउने बताए । अर्थमन्त्री शर्माले चोभार सुख्खा बन्दरगाह निर्यातको केन्द्र बन्नु पर्ने कुरामा जोड दिए ।

‘बन्दरगाह पूर्वाधार सञ्चालन पछि हामी सडकमार्फत समुन्द्री तटसँग जोडियौं । आयातको लागत घट्न यसले ठूलो योगदान गर्ने छ,’ अर्थमन्त्री शर्माले भने, ‘तर, यो बन्दरगाह खाद्यान्न, तरकारी र फललूल आयातमा मात्रै केन्द्रित नहोस्, निर्यातको केन्द्र पनि बनोस् ।’

आयातको तुलनामा वस्तु निर्यात निकै कमजोर रहेको भन्दै अर्थमन्त्री शर्माले नेपाली वस्तुहरु चोभार बन्दरगाह भएर निर्यात हुने गरी काम गर्न निजी क्षेत्रलाई आग्रह गरे । आयात घटाउन र निर्यात बढाउन सबै मिलेर काम गर्नु पर्ने भन्दै उनले सरकार पनि आयात प्रतिस्थापनका लागि काम गरिरहेको बताए । आयात बढ्दा अर्थतन्त्रमा केही चुनौती थपिएको उनको भनाइ छ ।

अर्थमन्त्री शर्माले भने, ‘सरकारसँग अझै ९ खर्ब ४० अर्ब शोधनान्तर सञ्चिति छ, यसले ६ महिनाको वस्तु तथा सेवाको आयात धान्छ ।’ अर्थतन्त्र सुधारमा केही कदम चाले पछि रेमिट्यान्स भित्रिनेक्रम बढेको शर्माको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?