
२३ चैत, काठमाडौं । इंग्लिस क्लब लिभरपुल र म्यानचेष्टर सिटीले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वाटरपाइनल पहिलो लिगमा विजयी भएका छन् ।
लिभरपुलले पोर्चुगल क्लब वेनपिकालाई ३-१ ले पराजित गर्दै दुई गोलको अग्रता बनाएको छ ।
लिभरपुलका लागि इब्राहिम कोनाटेले १७औं र साडियो मानेले ३४औं मिनेटमा गोल गर्दै पहिलो हाफमै दुई गोलको अग्रता दिलाएका थिए ।
वेनफिकाका डार्विन नुनेजले ४९औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे । तर लुइस डियाजले ८७औं मिनेटमा गोल गरेपछि लिभरपुलले सहज जित हात पार्यो ।
यस्ते अर्को खेलमा सिटीले स्पानिस क्लब एट्लेटिको मड्रिडलाई १-० ले पराजित गर्यो ।
सिटीका लागि केभिन डे ब्रुएनाले एक मात्र गोल गरे । डे ब्रुएनाले फिल फोडेनको पासमा ७०औं मिनेटमा गोल गरेका थिए ।
दोस्रो लेगको खेल अप्रिल १३ मा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4