+
+

थाइल्याण्ड अन्तर्राष्ट्रिय बक्सिङमा पुनमलाई कास्य

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २६ गते २०:३५

२६ चैत, काठमाडौं ।  थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपाली महिला बक्सिङ्ग खेलाडी पुनम रावलले कास्य पदक जितेकी छन् ।

वाई पाएर सोझै सेमिफाइनल खेलेकी पुनमले महिला ६० केजी तौल समूहमा फिलिपिन्सकी रिजा पसुइटसँग ३– २ को अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा हार ब्यहोरिन् । फाइनलमा रिजाले भारतका खेलाडीलाई पराजित गरी स्वर्ण जितिन् ।

सन् २०१० मा दिपक महर्जनले जितेको कास्यपछि नेपालले थाइल्याण्ड ओपन बक्सिङमा पहिलो पटक पदक जितेको हो ।

फुकेटमा अघिल्लो दिन भएको खेलमा नेपालकी मिनु गुरुङ ५१ के.जी तौल समुहमा थाइल्यण्डका मुक्केवाज जुतामस जितपोङसँग पराजित भएकी थिइन् । नेपालका ६३ केजी तौल समूहमा भुपेन्द्र थापा,  महिला ५७ केजीमा चन्द्रकला थापा र ४८ केजी तौल समूहमा सुस्मा तामाङले भाग लिएपनि पदक जित्न सकेनन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?