
काठमाडौं । सेलिब्रिटी र कोरियोग्राफर जोडीको डान्सिङ रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’बाट शनिबार एक जोडी बाहिरिएको छ । मैथिली कलाकार काजल कर्ण र कोरियोग्राफर लाहुरे सिंह दर्शकको कम भोटका आधारमा प्रतियोगिताबाट बाहिरिएका हुन् ।
उनीहरुसँगै छिरिङ शेर्पा र सरोज प्रजा तथा समाइरा श्रेष्ठ र सञ्जय लामाको जोडी बटम थ्रीमा परेको थियो । जसमध्ये सबैभन्दा कम भोट पाउने काजल र लाहुरेको जोडी शोबाट बाहिरिएको हो ।
हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुने ‘डान्सिङ स्टार्स नेपाल’मा अब ११ जोडी प्रतिस्पर्धामा छन् । निर्णायकको अंक र दर्शकको सबैभन्दा कम भोट पाउने एक प्रतियोगी जोडी हरेक हप्ता बाहिरिंदै जानेछन् ।
‘डान्सिङ स्टार्स नेपाल’को यो सिजनमा गायक धीरज राई र कोरियोग्राफर अनुजा अग्रवाल, मोडल सोनिका रोकाया र दिलीप ओखेडा, अभिनेता प्रदीप बाँस्तोला र स्वयत्ना योञ्जन, चिकित्सक डा. सन्तोष उपाध्याय र सुनिता दर्नाल जोडीको रुपमा प्रस्तुत छन् । यस्तै गायिका प्रीति आलेमगरसँग शेखर घर्तीमगर, महिला रेस्लर भगवती खड्कासँग सुनिल विकले जोडी बाँधेर नृत्य गरिहेका छन् ।
अमर–अमृत दाहालको कोरियोग्राफरको रुपमा केविका खत्री, छिरिङ शेर्पासँग सरोज प्रजा, अभिनेत्री परमिता राणासँग जेडी तमु, समाइरा श्रेष्ठसँग सञ्जय लामा र कलाकार नीलम ढुंगानासँग रवि पटेल कोरियोग्राफर जोडीको रुपमा रहेका छन् ।
शोको निर्णायकमा अभिनेत्री गौरी मल्ल, अभिनेता दिलीप रायमाझी र नृत्य निर्देशक रेनशा बान्तवा राई रहेका छन् । शोका निर्देशक लक्ष्मण पौडेल हुन् ।
प्रतिक्रिया 4