+
+

श्रमिक बरालका फुटकर रचना संग्रहित पुस्तक बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १६:११

काठमाडौं । साहित्यकार श्रमिक बराल अर्थात् डा. खगराज बरालको फुटकर रचनाहरुको संग्रह ‘श्रमिक बरालका फुटकर रचनाहरु’ पुस्तक सार्वजनिक भएको छ ।

बरालका कथा, लघुकथा र कविता समेटिएको पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । संग्रहभित्र दुईवटा कथा, १५ लघुकथा र ११ कविता समेटिएका छन् ।

बरालले ५० को दशकमा रचना गरेको यी कथा, लघुकथा र कविताहरु तत्कालीन समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका थिए । ७६ पृष्ठको यो पुस्तकको मूल्य १२० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?