+
+

नयाँ वर्षको स्वागतमा काठमाडौंको टुँडिखेलमा ‘सेलिब्रेसन’ सांगीतिक कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १२:१५

काठमाडौं । नयाँ वर्षको स्वागतमा आगामी वैशाख १ गते काठमाडौंका टुँडिखेलमा ‘सेलिब्रेसन’ सांगीतिक कार्यक्रम हुने भएको छ । ओम नेपाल मिडिया र ओशो तपोवनको सहकार्यमा आयोजना हुने कार्यक्रममा ध्यान, सांगीतिक प्रस्तुति र नृत्य प्रस्तुत गरिने जनाइएको छ ।

‘गायन र नृत्यको उत्सवसँगै ध्यान नयाँ वर्ष मनाउनु विगतको भन्दा बेग्लै अनुभव हुनेछ,’ आयोजक स्वामी आनन्द अरुणले भने, ‘नयाँ वर्ष नयाँ तरिकाले सुरुवात गराऔं भन्ने अर्काे उद्देश्य पनि हो ।’ नयाँ वर्ष ध्यानमा रमाउन सहयोग समेत गर्न लागेको उनको भनाइ छ ।

कार्यक्रममा स्वामी अरुणले सत्संग तथा ध्यान, पद्मश्रीबाट विभूषित भारतका प्रसिद्ध निर्गुण कवीरवाणी गायक प्रह्लाद सिंह टिपणियाको विशेष प्रस्तुतिसहित ‘कुटुम्ब’ ब्याण्डको लाइभ प्रस्तुति रहने छ ।

हास्य कलाकार मनोज गजुरेको समेत प्रस्तुति रहने कार्यक्रममा प्रदीप रोदन, गायिका बेनिशा पौडेल, मोहन वीणा वादक, रोशन शर्माले समेत दर्शकलाई प्रस्तुति दिने जनाइएको छ ।

मौलिक नेपाली पर्वहरू ओझेल परिरहेको वर्तमान परिस्थितिमा नयाँ वर्षको पहिलो दिनलाई सेलिब्रेसन गर्न लागिएको हो । अपरान्ह ४ बजेबाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?