
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकका लागि दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुटसहितको योजना ल्याएको छ ।
नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकले कार्ड बाहक ग्राहकहरुले दराजबाट आफूलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशतसम्मको छुटको सुविधा उपयोग गर्न सक्नेछन् ।
यस योजनाबाट आफूलाई आवश्यक सामान दराजबाट खरिद गरी अनलाइन माध्यम मार्फत प्रिपेमेन्ट गर्दा बैंकको क्रेडिट कार्ड प्रयोग गर्नुभएमा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँ र डेबिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कार्डबाहक ग्राहकले सस्तोडिलमा आफूलाई आवश्यक सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गरेमा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्मको छुट पाउनेछन् ।
प्रतिक्रिया 4