+
+

नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो आकर्षक अफर 

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १९:२१

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७९ को अवसरमा नयाँ वर्ष अफर ल्याएको छ । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ वर्ष अफर ल्याएको हो । यो अफर २९ चैतदेखि ३ वैशाखसम्म उपलब्ध हुनेछ ।

अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक ९८ रुपैयाँमा खरिद गर्न सकिने छ ।

यसका साथै २०० देखि ४९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जीबीको डाटा प्याक र ५०० रुपैयाँ तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?