+
+

मोटरसाइकल दुर्घटनामा ४ महिने शिशुको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते ११:०४

२९ चैत, भक्तपुर । भक्तपुरको नलिञ्चोकमा भएको मोटरसाइकल दुर्घटनामा चार महिने शिशुको मृत्यु भएको छ ।

साँगाबाट जगातीतर्फ आउदै गरेको बाग्मती प्रदेश ०२-०२१ प ६७६२ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं. १ का बुद्ध तामाङ र सुस्मिता तामाङकी चार महिनाकी छोरी लोसाङ डोल्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते शिशुलाई सिद्धि स्मृति अस्पताल प्राथमिक उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घटनामा तीनै जना घाइते भएको बुद्ध र सुस्मिता उपचार पछि डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?