+
+

प्रदेशसभाको बन्दसूचीबाट नाम हटाउन एमालेका ११ नेताको निवेदन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १९:२३

४ वैशाख, काठमाडौं । नेकपा एमालेका ११ नेताले प्रदेशसभाको बन्दीसूचीबाट नाम हटाउन निवेदन दिएका छन् ।

स्थानीय चुनावमा भाग लिन प्रदेशसभा सदस्यको बन्दसूचीबाट नाम हटाउन ती नेताहरुले निवेदन दिएका हुन् ।

केन्द्रीय कार्यालयमा प्राप्त विवरण अनुसार धनेष यादव (बर्दिया), सीता बराल (बाजुरा), गोविन्द नेपाली (गण्डकी), देवीलाल लामिछाने (पाल्पा), रिनाकुमार चौधरी (कपिलवस्तु), होमबहादुर थापा (तनहुँ), प्रमकुमार लामिछाने (पर्वत)ले समानुपातिक सूचीबाट नाम हटाउन निवेदन दिएका छन् ।

यस्तै तर्कबहादुर बडुवाल (दैलेख), रामशरण ढुंगाना (स्याङ्जा), कृष्णबहादुर लामिछाने (स्याङ्जा) र रामदास थारु (बाँके)ले बन्दसूचीबाट नाम हटाइदिन निवेदन दिएका छन् । केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारी, अझै निवेदन आउने क्रम नरोकिएको बताउँछन् ।

केन्द्रीय कार्यालयमा आएको निवेदनबारे एमालेले निर्णय गरेपछि निर्वाचन आयोगले हटाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?