+
+

दिल्ली क्यापिटल्समा थप दुईलाई कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १५:२७

५ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सका थप दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक विदेशी खेलाडीमा कोरोना संक्रमण पुष्टि भए पछि अन्यलाई गरिएको परीक्षणमा दुई खेलाडी र एक टिम सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

२६ मार्चमा आईपीएल सुरु भएयता कुनै पनि टिममा कोभिड–१९ को संक्रमण देखिएको थिएन । दिल्लीमा देखिएको संक्रमण नै आईपीएल टिममा देखिएको पहिलो संक्रमण हो ।

शनिबार रोयल च्यालेञ्जर्स बेंग्लोरसँग भएको खेल पश्चात दिल्लीका खेलाडीले बेंग्लोरका खेलाडीसँग हात मिलाएनन् ।

आईपीएलद्वारा सामाजिक दुरी कायम गर्न भनिए पछि कुनै पनि खेलाडी हात नमिलाएका हुन् ।

दिल्लीले बुधबार एमसीए स्टेडियममा पञ्जाब किङ्ग्स विरुद्ध खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?