+
+

राप्रपाले नेपालगञ्जमा कसैसँग गठबन्धन नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते २०:३७

६ वैशाख, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कुनै पनि दलसँग गठबन्धन नगर्ने भएको छ ।

जिल्ला अध्यक्ष नरेन्द्र पोडेलले नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपा एक्लै चुनाव लड्ने जानकारी दिए । नेपालगञ्जमा राप्रपाको राम्रो प्रभाव रहेकाले आफूहरु ढुक्क रहेको उनले बताए ।

नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणाले अब मेयरमा नदोहोरिने घोषणा गरिसकेका छन् । त्यसैले पार्टीले नेपालगञ्जको मेयरको उम्मेदवारमा तेजविक्रम शाह, गौरव चन्द, सफिक बेहना र ओमप्रकाश आजादको नाम सिफारिस गरेको छ ।

शाह यसअघिको स्थानीय चुनावमा खजुरा गाउँपालिका अध्यक्षका उम्मेदवार भएका थिए । बेहना हाल नेपालगञ्ज वडा नं. ४ का वडा अध्यक्ष हुन् ।

यस्तै राप्रपाले नेपालगञ्ज उपमहानगरपालिकाका ९ वटा वडाहरुमा आफ्नो उम्मेदवारको टुंगो लगाएको जनाएको छ । अध्यक्ष पौडेलका अनुसार हालसम्म नेपालगञ्ज वडा नं. १, २, ३, ८, १३, १४, १५, २२, २३ मा उम्मेदवार टुंगो लागेको हो ।
यसैगरी राप्रपाले खजुरा गाउँपालिकाको अध्यक्षमा धनसिंह राना र उपाध्यक्षमा तिलकुमारी हमाललाई उम्मेद्वार बनाउने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?