+
+

ताप्लेजुङका मालपोत अधिकृत घुससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १४:४४

११ वैशाख, काठमाडौं । मालपोत कार्यालय ताप्लेजुङका मालपोत अधिकृत लेखा पनेरु महत घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार घुससहित पक्राउ गरेको हो ।

जग्गा दर्ता गर्ने सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा फुङलिङ नगरपालिका वडा नं. ४, कोप्चेबाट उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्‍यामप्रसाद भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?