+
+

कास्कीमा पोखराबाहेक अन्यत्र गठबन्धन नगर्ने कांग्रेसको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १९:४७

१२ वेशाख, पोखरा । नेपाली कांग्रेसले कास्कीमा पोखरा महानगरपालिकाको मेयर बाहेक अरु पदमा गठबन्धन नगर्ने निर्णय गरेको छ ।

केन्द्रीय सत्ता गठबन्धनको निर्णय भएकाले पोखराको मेयरमा एकीकृत समाजवादीका उम्मेदवारलाई नै समर्थन गर्ने र बाँकी सबै पालिका तथा वडामा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय भएको कांग्रेसको कास्की जिल्ला सभापति किशोरदत्त बरालले जानकारी दिए ।

कांग्रेसले पोखरा महानगरपालिकाको प्रमुख लगायत सबै पालिका र वडामा नेतृत्व गर्नुपर्ने मागसहित नेता कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा आइतबार तालाबन्दी तथा नाराबाजी गरेका थिए ।

‘कार्यकर्ताको नियमित दबाव र मागअनुसार पोखराको मेयरबाहेकमा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गर्‍यौं,’ बरालले भने, ‘कार्यकर्ताको दबाव खप्न सकेनौं । गठबन्धनमा पनि कुरा मिलिरहेको थिएन । अब पोखराबाहेक सबै पालिका र वडामा कांग्रेस उम्मेदवार हुन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?