+
+

कांग्रेसको घोषणापत्र आयो, उम्मेदवार छानिएनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते २१:०२

११ वैशाख, काठमाडौं । उम्मेदवार मनोनयनको पहिलो दिन सकिँदासमेत कांग्रेसले आफ्ना प्रतिस्पर्धी तय गर्न सकेको छैन । विगत केही दिनदेखि जारी कांग्रेस शीर्ष नेताको बैठक महानगरका ३ मेयर र ३ उपमेयरको उम्मेदवारको टुंगो लगाउन नसकेर लम्बिरहेको छ ।

कांग्रेस शीर्ष नेताहरुका अनुसार विराटनगरको उम्मेदवारका विषयमा छलफल गर्दा बढी समय खर्च भएको छ । शनिबार अबेर राति भएको बैठकमा मूलतः विरानगरकै उम्मेदवारको सन्दर्भमा छलफल भएको थियो ।

शुक्रबार मध्यरातसम्म बसेको बैठक भरतपुर र पोखराको उप मेयरमा केन्द्रित भएको नेताहरु बताउँछन् । विराटनगरमा मेयरको उम्मेदवार प्राप्त गरेको कांग्रेसमा पार्टी भित्रको दुई समूहको तीन समूहको दाबी छ । पछिल्लो समय दुई समूहकाबीच विवाद छ । विराटनगरमा नेता डा. शेखर कोइराला उनी पक्षीय नागेश कोइरालालाई उम्मेदवार बनाउन चाहन्छन् ।

नेता कृष्णप्रसाद सिटौला वर्तमान मेयर भीम पराजुलीलाई दोहो¥याउने पक्षमा छन् । शेखर र सिटौला आ–आफ्नो अडानबाट पछि नहटेपछि बैठक निश्कर्षविहिन हुँदै आएको नेताहरुको भनाइ छ । शेखरले आफू निकट नागेशको पक्षमा उभिँदै गर्दा काठमाडौंको तथ्य टेकेर बोलेको बैठकमा सहभागी एक नेताले बताए ।

काठमाडौंमा नेता प्रकाशमान सिंह निकट व्यक्ति जिल्ला र नगर सभापति छन् । सिंहले भने मुताविकै काठमाडौंमा मेयर चयन हुने निश्चित भएको छ । तर, यही सन्दर्भ मोरङसँग मेल नहुँदा शेखर रुष्ट देखिएका छन् । मोरङ जिल्ला र विराटनगर सभापति शेखर पक्षीय हुन् ।

काठमाडौंमा प्रकाशमान निकटले टिकट पाउने अवस्था हुँदा उस्तै आधार रहेको विराटनगरमा पनि लागु हुनुपर्ने माग शेखरको छ ।

‘काठमाडौंको जिल्ला सभापति र महानगर सभापति प्रकाशमान सिंह निकट भएकाले प्रकाशमानले भनेको व्यक्तिलाई टिकट दिने आधार बनाइयो’, बैठकमा सहभागी एक नेताले अनलाइनखबरसँग भने, ‘काठमाडौंको जस्तै अवस्था मोरङमा पनि छ । जिल्ला सभापति र महानगर सभापति दुवै शेखर कोइरालाले प्रस्ताव गरेको क्यान्डिडेडको पक्षमा छन् ।’

शेखरले देखाएको नजिरलाई नेता विमलेन्द्र निधिले पनि साथ दिएका थिए ।

ललितपुरमा चिरीबाबु महर्जन र प्रेमकृष्ण महर्जनको नाममा नेताहरु बाझिरहेका छन् । पार्टी सभापति देउवाले महर्जनलाई दोहो¥याउन चाहेका छन् । तर उनी स्थानीय कार्यकर्तामा अलोकप्रिय रहेकाले उठाउन नहुने मत अन्य नेताको छ ।

महानगरको उम्मेदवार टुंगो नलाग्दा उप महानगरमासमेत छलफल अघि बढ्न नसकेको नेताहरुको धारणा छ । उपमहानगरको उम्मेदवारको निर्णय गर्ने अधिकार प्रदेश संसदीय समितिलाई भए पनि केन्द्रको मुख ताकिएको छ ।

नेता अर्जुननरसिंह केसीले स्थानीय तहको निर्णय अधिकार माथि केन्द्रले हस्तक्षेप गरेको भन्दै आइतबार लिखित असहमतिसमेत राखेका छन् ।

स्थानीय अवस्था र आवश्यकतालाई हेरी निर्णय गर्ने तल्लो तहको अधिकार खोसिएको उनको जिकिर छ ।

उम्मेदवार टुंगाउने नेताहरुको बैठक आइतबार बसे पनि कुनै टुंगोमा पुग्न सकेन । सभापतिलाई उम्मेदवार छान्ने अधिकार दिएर बैठक सकिएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

प्रधानमन्त्री देउवा निवास बालुवाटारमा यसअघि बस्दै आएको बैठक आइतबार पार्टी कार्यालय सानेपामा बसेको थियो ।

दिउँसो बसेको कार्य सम्पादन समितिले उम्मेदवार टुंगाउने सर्वाधिकार सभापति देउवालाई दिएको छ । देउवाले उम्मेदवार टुंगो लगाएपछि त्यसको अनुमोदन केन्द्रीय संसदीय समितिले गर्ने निर्णय गरिएको छ । विधानमा २५ सदस्यीय संसदीय समिति हुने भए पनि देउवाले १५ सदस्यीय बनाएका छन् । १४ पदाधिकारीमा नेता रामचन्द्र पौडेललाई पदेन सदस्य थपिएको छ ।

काठमाडौंको मेयरमा सिर्जना सिंहको नाममा सहमति जुटे पनि अन्य नामको टुंगो नलागेको नेताहरुले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?