+
+

काठमाडौंमा कमजोर भिजिबिलिटीका कारण जहाजहरु होल्डमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १३:१०

१३ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर भिजिबिलिटीका कारण अन्तर्राष्ट्रिय उडानका जहाजहरु होल्डमा परेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अहिले उपकरणमा आधारित उडान तथा अवतरण प्रणालीमार्फत जहाजहरुलाई व्यवस्थापन गरिएको छ ।

जसले गर्दा जहाजहरु होल्डमा परिरहेका छन् । अहिले सिंगापुरबाट आएको सिंगापुर एयरलाइन्स, मुम्बईबाट आएको इण्डिगो एयरलाइन्स दिल्लीबाट आएको नेपाल एयरलाइन्ससहितका जहाज तराईको आकासमा फन्को मारिरहेका छन् ।

आईएफआर उडान भएको समयमा भीएफआर प्रणालीमा जस्तो छिटो उडान/अवतरण गराउन मिल्दैन । सोहीकारण जहाजहरुलाई होल्ड गराएर निश्चित समयमा एक/एक जहाजलाई उडान तथा अवतरण गराइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?